बिमितको १८ लाख हिनामिना गर्ने पक्राउ

बिमितको १८ लाख हिनामिना गर्ने पक्राउ
सुन्नुहोस्

रोल्पा : जीवन बिमा गरेकाको १८ लाख बढी रकम हिनामिना गरेको आरोपमा एकजना पक्राउ परेका छन्। रोल्पाको होलेरीस्थित हिमालयन लाइफ इन्स्योरेन्सको उपशाखामा अप्रेसन सपोर्ट पदमा कार्यरत रहँदा १८ लाख ६७ हजार ७ सय १ रुपैयाँ हिनामिना गरेको आरोपमा ३१ वर्षीय गणेश बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। 

सल्यानको शारदा नगरपालिका-४ घर भई हाल घोराही उपमहानगरपालिका-१५ तुलसीपुरचौकमा बस्दै आएका बस्नेतलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार आरोपित बस्नेतलाई आइतबार रोल्पा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। 

विश्वासघात सम्बन्धी कसुर गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। रोल्पाको होलेरी शाखामा कार्यरत हुँदा बिमितबाट बिमा रकम बुझ्ने तर कम्पनीको सफ्टवेयरमा अद्यावधिक नगरेको आरोप छ।

उनले आफूखुसी ५६ जना बिमितको बिमा रकम हिनामिना गरेका हुन्। बस्नेत घोराही स्थित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.