लापसे गरी सवारी चलाउने ३ चालक प्रहरी नियन्त्रणमा

लापसे गरी सवारी चलाउने ३ चालक प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा गरिएको लागूपदार्थ सेवन (लापसे) परीक्षणमा ३ जना चालकले लागूपदार्थ सेवन गरेर सवारी चलाएको भेटिएको छ। सिद्धार्थ राजमार्ग भएर गुड्ने सवारी साधनमध्ये ३० जना चालकमा गरिएको परीक्षणमा ३ जनाले सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा स्याङ्जाका ३१ वर्षीय चोकबहादुर गुरुङ, बाराका ३५ वर्षीय  सुजन लामा र २२ वर्षीय खगेन्द्र भुषाल रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।

सवारी दुर्घटनामा न्यूनीकरण गर्नुका साथै मर्यादित र सुरक्षित यात्राका गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले लापसे परीक्षण अभियान सुरु गरेको छ। अभियानलाई गण्डकी यातायात  र जिल्ला अस्पताल स्याङ्जाले सामाग्रीसहित प्राविधिक सहयोग उपलब्ध गराएको छ। 

लापसे परीक्षणका लागि प्रालिका अध्यक्ष भानुभक्त बरालले प्रहरी उपरीक्षक दधिराम न्यौपानेलाई १ सय १५ सेट टिएचसी टेस्ट किट हस्तान्तरण गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.