एसईई: रोल्पामा ५० प्रतिशत बढी उत्तीर्ण

एसईई: रोल्पामा ५० प्रतिशत बढी उत्तीर्ण

रोल्पा : एसईई २०८१ मा रोल्पाबाट ५०.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा ३०.९१ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन्। २०८० को एसईई मा १९.४५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

साधारण र प्राविधिकतर्फ ३ हजार ५ सय ४४ विद्यार्थी परीक्षामा सहभागी थिए। जसमध्ये १ हजार ७ सय ८५ विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ३ हजार ७ सय ४१ विद्यार्थी एसईईमा सहभागीमध्ये ७ सय ७६ मात्र उत्तीर्ण भएका थिए।

गंगादेव गाउँपालिकाको राँक जायचौरको पृथ्वीनारायण माविले सबैभन्दा बढी ९८.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। परीक्षामा सहभागी ६८ मध्ये ६७ विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजा सुधारमा सामुदायिक विद्यालय अघि देखिएका छन्।

४० विद्यालयबाट ५० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्। ५२ विद्यालयको नतिजा ५० प्रतिशत मुनि छ। त्यसमध्ये केही विद्यालयको नतिजा २ देखि १० प्रतिशतमा सीमित छन्। 

गत वर्ष ९३ विद्यालयले एसईईमा विद्यार्थी सामेल गराएका मध्ये ८ विद्यालयको नतिजा शून्य भएको थियो। यसपटक भने ९४ विद्यालय मध्ये २ विद्यालयको नतिजा शून्य भएको छ। पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको जनसेवा मावि सेरम र मेहलधारा मावि जैमाको नतिजा शून्य छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.