एमाले पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित

एमाले पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित

काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले सामान्य सुझावलाई समावेश गरेर विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।   

पार्टीभित्र दुई सदस्यताको व्यवस्था गर्ने र उमेरहदको व्यवस्था खारेज गर्ने निर्णय भएको उनले बताए। उनले भने, 'विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ। सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ। त्यसभित्रका महत्त्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो। त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौँ।’  

गौतमले बैठकमा ६८ जना पोलिटब्युरो सदस्यले धारणा राखेको बताए। यस्तै, जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ। 

यसअघि बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो। 

एमालेको केन्द्रमा तीनवटा संरचना हुने प्रस्ताव गरिएको छ। सचिवालय बैठकले सचिवालयको व्यवस्था हटाउने भएको छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह मात्रै राख्ने भएको छ। राष्ट्रिय महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ समेत केन्द्रीय कमिटीको संख्या २ सय ५१ मा झार्ने भएको छ। वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ।

वरिष्ठ उपाध्यक्षको सट्टा पहिलो वरीयताको उपाध्यक्ष बन्ने उल्लेख गरिएको छ। पदाधिकारी १५ सदस्यीय बनाउने निर्णय पनि गरेको छ। हाल केन्द्रीय कमिटी ३०१ सदस्यीय छ भने पदाधिकारीको संख्या १९ छ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य हुनेछन्। केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने वा अनिर्वाचित व्यक्ति कार्यकारी कमिटीको दोस्रो वरीयताका पदाधिकारी हुने लोकतान्त्रिक प्रणालीको मर्मविपरीत हुने भन्दै हटाइएको छ।

पोलिटब्युरोबाट पारित प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुँदैछ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.