कैलाली कारागारमा झडप : गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदै

कैलाली कारागारमा झडप : गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदै
सुन्नुहोस्

काठमाडौं : कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप हुँदा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौंमा ल्याइने भएको छ। 

लामो समयदेखि झडप भइरहेको कैलाली कारागार घटनालाई प्रशासनले गम्भीर रुपमा नलिँदा शुक्रबार राती कारागार परिसरमा धनगढी उपमहानगरपालिका- ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका थिए। उनीहरुमध्ये सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेका एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइते ल्याउन गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाइसकेको जानकारी दिए।

उनले उक्त प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्मरुपले हेरिरहेको र शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिएको बताए। उनले परिस्थिति सहज बनाउने विषयमा छलफल भएको जानकारी दिए।

'कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन् ।' प्रवक्ता काफ्लेले भने,'झडपमा परी घाइते भएका अन्य घाइतेहरुको उपचारको प्रबन्ध मिलाइएको छ ।' बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.