जबरजस्ती करणी आरोपमा युवक पक्राउ
गोरखा: जबरजस्ती करणीको आरोपमा प्रहरीले गोरखाका बिमल चेपाङलाई पक्राउ गरेको छ। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गण्डकी गाउँपालिका-६ का २१ वर्षीय चेपाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
गत साउन ३१ गते साँझको समयमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। गोरखा जिल्ला अदालतबाट उनलाई थप पाँच दिन नियन्त्रणमा राख्ने अनुमति लिएर अनुसन्धान कार्य भइरहेको सुवेदीले बताए।
प्रतिक्रिया दिनुहोस !