बारपाकको अकबरे खुर्सानी रोग किराले नष्ट

बारपाकको अकबरे खुर्सानी रोग किराले नष्ट
सुन्नुहोस्

गोरखा : जिल्लाको उच्च पहाडी भूभागमा पर्ने बारपाकको अकबरे खुर्सानी खेती रोग किराले नष्ट पारेको छ। विगत एक महिनादेखि बारपाक सुलिकोट गाउँपालिका-२ थैली तथा अन्य विभिन्न ठाउँमा लगाइएको व्यावसायिक अकबरे खुर्सानी खेती रोग किराले नष्ट पारेको वडाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए।

व्यवसायिक किसानको विभिन्न ठाउँका करिब पाँच सय रोपनीमा लगाइएको अकबरे खुर्सानी २५ प्रतिशतभन्दा धेरै नष्ट गरेको उनले बताए। ‘एक महिना जति भयो यहाँ रोग किराले खुर्सानी नष्ट गर्न थालेको’, वडाध्यक्ष गुरुङले भने, ‘तर ढिला गरी कृषि कार्यालयमा खबर गरे। त्यसैले समस्या समाधान गर्न गाह्रो भइरहेको छ।’

दिनानुदिन समस्या बढ्दै गएपछि बल्ल किसानहरूले कृषि विज्ञहरूलाई गुहारेका छन्। किसानको अनुरोधमा कृषि ज्ञान केन्द्र गोरखा र गाउँपालिकाको कृषि शाखाका कर्मचारीहरूले स्थलगत अध्ययन गरेका छन्। साथै विषादी पनि छर्केका छन्। ‘केही दिनअघि कृषि ज्ञान केन्द्र र गाउँपालिकाको कृषि शाखाको संयुक्त टोलीले स्थलगत अध्ययन गरी रोग पहिचान गरेको छ’, कृषि शाखा प्रमुख सन्तोष ढकालले भने, ‘अकबरेमा फ्रुट्स फ्लाई र  फङ्गस डिजिज लागेको रहेछ। हामीले विषादी छर्केका छौँ। अब एक हप्तामा यसको परिणाम देखिनेछ।’ एकहप्तापछि फेरि अनुगमन गरी थप उपचार गर्ने उनले बताए। ‘नियन्त्रण हुने सम्भावना देखिन्छ’, उनले भने, ‘सुरुमै जानकारी गराएको भए सामान्य रूपमै निदान हुन्थ्यो। धेरै लामो समय बितेपछि मात्र खबर गरे। तैपनि नियन्त्रणोन्मुख छ।’

बाली लगाउँदा क्रप्स रोटेसन गर्नुपर्नेमा नगरेकाले समस्या देखा परेको उनको भनाइ छ। बारपाकमा विगत तीन वर्षदेखि व्यावसायिक खुर्सानी खेती गर्न सुरु गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.