विपिन जोशीको रिहाइको मागसहित इजरायली आन्दोलनमा नेपालीहरूको सहभागिता

विपिन जोशीको रिहाइको मागसहित इजरायली आन्दोलनमा नेपालीहरूको सहभागिता
सुन्नुहोस्

इजरायल : इजरायलमा बन्धक बनाइएकाको रिहाइका लागि आयोजित विशाल आन्दोलनमा नेपाली समुदायले पनि सक्रिय सहभागिता जनाएको छ।

तेलअविभको किकार खातुफिम र जेरुसलमस्थित प्रधानमन्त्री निवास अगाडि एकैसाथ आयोजना गरिएको कार्यक्रममा झण्डै ५० हजार इजरायली सहभागी थिए। सो अवसरमा नेपाली समुदाय नेपालको राष्ट्रिय झण्डा लिएर उपस्थित भएका थिए। नेपाली विद्यार्थी विपिन जोशीको चाँडो रिहाइका गर्न उनीहरूले माग गरेका थिए।

कार्यक्रममा सहभागीहरूले नेपालीमै नारा लगाएका थिए, 'विपिनलाई चाँडो रिहाई गर, परिवारसँग हामी साथमा छौं'।

null

विपिन जोशी हालः ६९५ दिनदेखि हमासको कब्जामा बन्धक छन्। उनको रिहाइका माग अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि उठ्न थालेको छ। विभिन्न मानवअधिकार संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रिय मिडिया, साथै केही राष्ट्रसंघीय निकायहरूले पनि विपिनको रिहाईको आवश्यकता र मानवअधिकारको उल्लंघनबारे ध्यानाकर्षण गराउन सुरु गरेका छन्। यो विषय नेपाली समुदायमा मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा पनि संवेदनशील बनेको छ।

पछिल्लो जानकारी अनुसार हालः हमासको कब्जामा रहेका ५० जना बन्धकमध्ये दुई इजरायली नागरिकको मृत्यु भइसकेको छ। बाँकी ४८ जना बन्धकको अवस्था स्पष्ट नभए पनि, सुरक्षा र मानवअधिकारसम्बन्धी चिन्ताले यसलाई अन्तर्राष्ट्रिय मुद्दाको रूपमा अघि बढाइरहेको छ।

विशेषज्ञहरू भन्छन् कि बन्धकको अवस्था र विपिन जोशीको रिहाइका मागले केवल व्यक्तिगत मुद्दा नभई मानवअधिकार, कूटनीति र अन्तर्राष्ट्रिय कानुनी मान्यताको सन्दर्भमा पनि महत्वपूर्ण सन्देश दिन्छ। नेपाली समुदायले यो अवसरमा आफ्नो उपस्थितिबाट मात्र सीमित नरहँदै, विश्वव्यापी समर्थन जुटाउने दिशामा कदम चाल्न प्रयास गरेको देखिन्छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.