इजरायलको तेल अविवमा विशाल सभा, विपिन रिहाइको माग गर्दै नेपाली समुदाय पनि सहभागी

इजरायलको तेल अविवमा विशाल सभा, विपिन रिहाइको माग गर्दै नेपाली समुदाय पनि सहभागी
सुन्नुहोस्

तेल अविव : अक्टोवर ७ २०२३ मा भएको हमासको आक्रमणका क्रममा ७०२ दिनबाट बन्धक रहेका विपिनको अवस्था अझै अज्ञात छ। तर, आशा भने अझै मरेको छैन।

विपिनकी आमा र बहिनी केही दिन अघि इजरायल आएर यहाँका नेतादेखि, प्रधानमन्त्री, राष्ट्रपति र इजरायलका नेपाली समुदायसँग भेटे, आफ्ना पीडा पोख्दै मेरो छोरो, मेरो दाइ फर्काइदिनुहोस् भनेर गुहार गरे। नेपाल फर्किएपछि उनीहरूले नैपालका मन्त्रीदेखि राष्ट्रपति सम्म भेटे, विदेशका टर्की, कतार र जोर्डनका राजासम्मलाई पत्र लेखियो भन्ने समाचार आयो। तर, ठोस नतिजा भने अझै शून्यमै छ।

परराष्ट्र मन्त्री, प्रधानमन्त्री लगायतले विपिनको रिहाइका लागि पहल भइरहेको बताइए पनि हालसम्म कुनै जानकारी नपाउनुमा जनताले सरकारको कामप्रति असन्तुष्टि पोखिरहेका छन्। नेपाल युद्धविरोधी र शान्तिप्रिय मुलुक भएकाले, प्यालेस्टाइनसँग रहेको सम्बन्धलाई प्रयोग गर्दै त्यहाँको सरकारसँग पनि प्रत्यक्ष कूटनीतिक पहल गर्न आवश्यक भएको आवाज उठिरहेको छ।

शनिबार बन्धक बनेको ७०१ दिन पुगेको दिन पनि इजरायलको तेलअविवमा विपिन लगायतको सम्पूर्ण बन्धकहरूको रिहाइका लागि आयोजित आन्दोलनमा नेपाली समुदायको बाक्लो उपस्थिति थियो। नेपाली राष्ट्रिय झण्डा, विपिनको तस्बिर र BringBipinJoshi लेखिएका प्लेकार्ड बोकेर, टिसर्ट लगाएर सहभागी भएका नेपालीहरूसँगै इजरायली नागरिकहरूले पनि सहानुभूतिपूर्वक साथ दिएका थिए। हरेक हप्ता हरेक दिन हुने यसखाले कार्यक्रमहरुमा नेपालीहरुको उपस्थिति हुने गरेको छ । हालः उनीसँगै हमासको नियन्त्रणमा ४८ जना बन्धक रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.