सवारी दुर्घटनामा परी गोरखाका पुस्तक व्यवसायीको मृत्यु
गोरखा : सवारी दुर्घटना परी गोरखाका एक पुस्तक व्यवसायीको मृत्यु भएको छ। गोरखाबाट ग २० प ८५५९ नम्बरको स्कुटरमा चढी चितवनतर्फ जाँदै गरेका पुस्तक व्यवसायी दामोदर घिमिरेको पर्यटकबाहक बसले बिहीबार दिउँसो एक बजे ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिरानचोक गाउँपालिका छोप्राक घर भई गोरखा बजारमा पुस्तक व्यवसाय गरी बस्ने ४० वर्षका घिमिरेलाई चितवनको रामनगरमा बा.प्र.०१–००१ प १६८४ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १:३० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
स्कुटर इप्रका रामनगरको नियन्त्रणमा छ भने बस र बस चालक धादिङको सिद्धलेक गाउँपालिका-३ का सन्तोष थापा मगर जिप्रका चितवनको नियन्त्रणमा रहेका डीएसपी खनालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !