पावरप्लेमा पोखरा विराटनगरभन्दा अगाडि, बनायो ७७ रन
काठमाडौं : विराटनगर किंग्सले दिएको २२१ रनको बलियो लक्ष्य पछ्याएको पोखराले पावरप्लेमा ७७ रन बनाएको छ।
टियु क्रिकेट मैदानमा जारी मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पावरप्लेमा १ विकेटको क्षतिमा ७७ रन बनाएको छ।
पोखराका ओपनर दिनेश खरेल ७ रनमा क्याच हुँदा वान डाउन आएका कुशल भुर्तेल ३१ रन र ओपनर ब्याटर एडम रोसिङ्टन ३८ रन बनाएर खेलिरहेका छन्।
एनपीएलको सबैभन्दा उच्च लक्ष्य पछ्याइरहेको पोखरा विराटनगरभन्दा पावरप्लेमा अगाडि गएको छ। विराटनगरले पावरप्लेमा १ विकेटको क्षतिमा ५५ रन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !