पावरप्लेमा काठमान्डु अगाडि
काठमाडौं : सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको विजय लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पावरप्लेमा ५० रन बनाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्कणको चौथो खेलमा काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ५० रन बनाएको हो।
वेन चार्लेसवर्थ ८ रन बनाउँदै हेमन्त धामीको बलमा क्याच आउट भएका हुन्। दोस्रो विकेट वान डाउन आएका भिम सार्कीको गयो। उनले १० बलमा १ छक्कासहित १२ रन बनाउँदै हेमन्तको बलमा आरिफ शेखको हातमा क्याच भए।
सन्तोष यादव १ रनमा रनआउट भए। दिपेन्द्र सिंह ऐरीको थ्रोमा विकेटकिपर विनोद भण्डारीले ४.५ ओभरमा सन्तोषलाई रनआउट गराएका हुन्।
हाल क्रिजमा ओपनिङमा आएका आकाश त्रिपाठी १४ र जोन सिम्पसन ९ रनमा खेलिरहेका छन्।
सुदूरपश्चिमका लागि सुरुवाती २ विकेट हेमन्त धामीले लिए। काठमान्डुको यो दोस्रो खेल हो भने सुदूरको यो पहिलो खेल हो। काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !