काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा लुम्बिनी लायन्ससँग टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको हो। काठमान्डु गोर्खाजको लागि करण केसीले सर्वाधिक ३४ रनमा अविजित रहे। उनले ११ बलमा १ चौका र ४ छक्काको आक्रमक पारी खेले। 

काठमान्डुको पहिलो विकेटको रूपमा दोस्रो ओभरको पहिलो बलमा शेर मल्लले काठमान्डुका ओपनर ब्याटर वेन चार्लेसवर्थलाई डकआउट गराएका थिए। वान डाउन आएका रासिद खानको रुपमा काठमान्डु गोर्खाजले दोस्रो विकेट गुमायो। उनले १० बलमा २ चौकासहित सन्दीप जोराको हातमा क्याच भए। 

यसअघि काठमान्डुले पावरप्लेमा २ विकेट गुमाउँदै ४२ रन बनाएको थियो। मिलिन्द कुमारले १७, सन्तोष यादवले २६ र जेहरार्ड इरास्मसले १७ रन बनाए। यी दुईले छैटौं विकेटको लागि ३६ रनको साझेदारी गरेका थिए। साहब आलम १ रनमा अविजित रहे।  

लुम्बिनीले जम्मा ७ जना बलर लगाएको थियो। जसमा ४ बलरले विकेट लिए। रुबिन ट्रम्पलमेन र शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले २-२ विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.