आक्रामक सुरुवातसहित लुम्बिनीले पावरप्लेमा ५० रन बनायो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पावरप्लेमा ५० रन बनाएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पावरप्लेमा १ विकेट गुमाउँदै ५० रन बनाएको हो।
लुम्बिनीको पहिलो विकेटको रुपमा ओपनर डार्सी सर्टको विकेट गयो। उनलाई २.५ ओभरमा सुदूरका तीव्र गतिका बलर हेमन्त धामीले बोल्ड गर्दै पेभेलियन फर्काए। २ ओभरमा २० रन बनाएको थियो। सर्टले ११ बलमा ४ चौकसहित १८ रन बनाए।
६ ओभरको खेल सकिँदा क्रिजमा सुमित महर्जन १६ र रोहित पौडेल १४ रनमा अविजित रहेका छन्।
पावरप्लेमा सुदूरले ४ जना बलर लगायो। सुदूरका लागि हेमन्त धामीले १ विकेट लिए।
सुदूरपश्चिम र लुम्बिनी दुवै टिमको यो चौथो खेल हो। सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। सुदूरले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा सुदूरले पोखरालाई १८रन र कर्णालीलाई ४५ रनले हराएको थियो।
लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। त्यसपछिको २ खेलमा भने लुम्बिनीले हार बेहोरेको छ। कर्णाली याक्ससँग ९ विकेट र काठमान्डु गोर्खाजसाग २२ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !