जनकपुरका कृष्णमुर्थीले बनाए अर्धशतक
मंसिर १३, २०८२ शनिबार १७:४:२
जनकपुरका ब्याटर सञ्जय कृष्णमुर्थीले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्।
पाँचौं क्रममा आएका उनले टिमको पारी सम्हाल्दै अर्धशतक बनाएका हुन्।
१७ ओभरको खेल सकिँदा १२८ रन बनाएर खेलिरहेको छ।