जनकपुरको पहिलो जित, चितवनको तेस्रो हार

जनकपुरको पहिलो जित, चितवनको तेस्रो हार

काठमाडौं : अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो। 

 जनकपुर बा्ल्ट्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
 

चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १८० रनसहित लक्ष्य पूरा गरेको हो। 

जनकपुरका लागि माज सदाकतले सर्वाधिक ६३ रन बनाए। उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन्। जनकपुरले पहिलो विकेटको रूपमा आसिफ शेखको विकेट गयो। उनले १८ रन बनाएर बोल्ड भए। 

दोस्रो विकेट माज सदाकतको गयो। दोस्रो विकेटको लागि माज सदाकत र अनिल शाहले ७९ रनको साझेदारी गरेका थिए।  तेस्रो विकेट निकोल लोफ्टी इटोनको गयो। उनले ११ रनमा रनआउट भए। 

चौथो विकेट अनिल शाहको गयो। उनले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रनमा बाउन्ड्रीमा क्याच भए। सञ्जय कृष्णमुर्थी ५ र आदित्य महता १८ रनमा अविजित रहे। 

चितवनका लागि सोहिल तान्भिर, कमल सिंह ऐरी, अमर सिंह रौतेलले १– १ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 

पहिलो विकेट अर्जुन साउदको गयो। उनले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा क्याच भए। दोस्रो विकेट सैफ जैबको गयो । उनी ७ रनमा क्याच भए। तेस्रो विकेट रवि बोपाराको गयो। पछिल्लो २ खेलमा उनी सस्तैमा पेभेलियन फर्किएका छन्। 

चौथो विकेटको रूपमा डेविड मलानको विकेट गयो। कुशल मल्ल २८ र अमर सिंह रौतेल १ रनमा अविजित रहे। 

जनकपुर बोल्ट्सका लागि अनिल कुमार शाह, रुपेश सिंह र निकोल लोफ्टी इटोन र माज सदाकले १–१ विकेट लिए।

चितवन र जनकपुर बोल्ट्स दुवैको यो पाँचौं खेल हो। 

जनकपुर बोल्ट्सले ४ खेल खेलिसक्दा हालसम्म जित निकाल्न सकेको छैन। जनकपुरले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हार बेहोरेको थियो। विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। 

चितवनले यसअघिको ४ खेलमा २ जित र २ हार बेहोरेको छ। चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगिता सुरु गरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससाग ६ विकेटले हारेको थियो। तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसँग ५३ रनको हार बेहोरेको थियो। 

आजको दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.