पावरप्लेमा लुम्बिनी लायन्सको मध्यम सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले मध्यम सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाउँदै ४६ रन बनाएको हो।
ओपनर सुमित महर्जन १० रनमा स्टम्पिङ हुँदा कप्तान रोहित पौडेल डकआउट भए। ६ ओभरको खेल सकिँदा डार्सी सर्ट २४ र सन्दीप जोरा १० रनमा अविजित खेलिरहेका छन्।
विराटनगरका लागि युवा स्पिनर सुवास भण्डारीले दोस्रो संस्करणको पहिलो खेलको पहिलो बलमा सुमित महर्जनको विकेट लिँदै उत्कृष्ट सुरुवात गरे। पहिलो बलमा सुमित आउट हुँदा चौथो बलमा रोहितलाई फाफ डु पेल्सिसको हातमा क्याच गराए।
प्रतिक्रिया दिनुहोस !