काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २३ औँ खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो। 

काठमान्डु गोर्खाजका लागि बेन चाल्र्सवर्थले सर्वाधिक ६४ रन बनाउँदै क्याच भए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। 

काठमान्डुको पहिलो विकेट आकाश त्रिपाठी डकआउट भए। दोस्रो विकेटको रूपमा वान डाउन आएका रासिद खानको विकेट गयो। तेस्रो विकेट मिलिन्द कुमार १३ रनमा स्टम्पिङ भए। जोन सिम्पसन २ रनमा पोखराका कप्तान कुशल भुर्तेलको हातबाट कट एण्ड बोल्ड भए। आदिल अलामले ७ रन बनाए। भीम सार्कीले ५५ रन बनाए। सन्नी पटेल २ रनमा अविजित रहे। 

पोखरा एभेन्जर्सका लागि धनन्जय लक्शनले सर्वाधिक ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले १ विकेट लिए। 

काठमान्डुले यसअघि ४ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। आजको खेलमा जित निकालेको खण्डमा काठमान्डु प्लेअफका लागि छनोट हुनेछ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो। चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन, पाँचाैँ खेलमा चितवन राइनोजलाई ५३ रन र छैटौँ खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो। 

पोखरको यो छैटौँ खेल हो। पोखराले यसअघिको पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ। पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो। पाँचौं खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.