पावरप्लेमा सुदूरपश्चिमको मध्यम सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावरप्लेमा १ विकेट गुमाउँदै ४६ रन बनाएको हो।
सुदूरपश्चिमको पहिलो विकेटको रुपमा विनोद भण्डारीको विकेट गयो। उनले १७ बलमा २१ रन बनाउँदै क्याच भए। ६ ओभरको खेल सकिँदा क्रिस लिन २३ र इशान शून्यमा अविजित रहेका छन्।
चितवनको एक विकेट रञ्जित कुमारले लिए।
सुदूरपश्चिम यसअघि नै प्लेअफमा छनोट भइसकेको छ । सुदूरपश्चिमले ५ खेलमा ५ जितसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। पहिलो खेलमा सुदूरले काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रन, चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेट र पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको थियो।
चितवन राइनोजले पाँच खेल खेलिसक्दा २ जित्दा तिन खेलमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसाग ५३ रनले पराजित हुँदा पाँचौं खेला जनकपुर बोल्ट्ससँग ६ विकेटको हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस !