जनकपुरले जित्यो टस, लुम्बिनीलाई दियो बलिङको निम्तो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरका लागि कप्तान निकोल लोफ्टी इटोनले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएका हुन्।
आजको खेलमा जनकपुर बोल्ट्सको कप्तान परिवर्तन गरिएको छ। यसअघिको खेलमा वायन पर्नेलले गरेका थिए।
आजको खेलमा लुम्बिनी लायन्सले जित निकालेको खण्डमा एनपीएल सिजन २ को प्लेअफ समीकरण पूरा हुनेछ।
लुम्बिनी लायन्सले यसअघिका ३ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ। लुम्बिनी लायन्ससाग ६ अंक रहेको छ। आजको खेल जितेमा ८ अंकसहित प्लेअफ पुग्नेछ ।
जनकपुर बोल्ट्सले भने ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। जनकपुरले भने यस पछि पनि लिग चरणको अन्तिम खेल खेल्न बाँकी हुनेछ।
प्रतिक्रिया दिनुहोस !