जनकपुरले लुम्बिनीलाई दियो १३३ को मध्यम लक्ष्य

जनकपुरले लुम्बिनीलाई दियो १३३ को मध्यम लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको हो। 

जनकपुर बोल्ट्सका लागि संगीथ कोरेलले सर्वाधिक ४५ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले मयन यादवसँग सातौँ विकेटका लागि ४९ रनको अविजित साझेदारी गरे।

पहिलो विकेटको रुपमा ओपनर माज सदाकत आउट भए । पहिलो ओभरको पाँचौं बलमा माज विकेट किपरको हातमा क्याच भए। दोस्रो विकेट अनिल कुमार शाह ७ रनमा एलबीडब्ल्यूको रुपमा पेभेलियन फर्किए। आसिफ शेख १७ बलमा २ चौका र १ छक्कासहित २० रनमा क्याच भए। 

यस्तै शुभ कंसाकरले ११ र सञ्जय कृष्णमुर्थी १४ रनमा पेभेलियन फर्किए। मयन यादव २७ रनमा अविजित रहे। उनले २३ बलमा समान १ चौका र १ छक्का प्रहार गरे। 

लुम्बिनी लायन्सका लागि बलिङ तर्फ रोहित पौडेल र शेर मल्लले २–२ विकेट लिए। जे जे स्मिथ र रुबिन ट्रम्पलमेनले १–१ विकेट लिए। 

आजको खेलमा लुम्बिनी लायन्सले जित निकालेको खण्डमा एनपीएल सिजन २ को प्लेअफ समीकरण पूरा हुनेछ। 

लुम्बिनी लायन्सले यसअघिका ३ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ। लुम्बिनी लायन्ससाग ६ अंक रहेको छ। आजको खेल जितेमा ८ अंकसहित प्लेअफ पुग्नेछ । 

जनकपुर बोल्ट्सले भने ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। जनकपुरले भने यस पछि पनि लिग चरणको अन्तिम खेल खेल्न बाँकी हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.