चितवनविरुद्ध पोखराको सान्त्वना जित

चितवनविरुद्ध पोखराको सान्त्वना जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २७ औँ खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै पोखराले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो। चितवनले दिएको १२१ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

पोखराका लागि ओपनर एडम रोसिङ्टनले सर्वाधिक ६५ रन बनाए। उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। कुशल भुर्तेल ४ रनमा क्याच भए। अर्जुन कुमाल ४३ रनमा र जेसन रोय ६ रनमा अविजित रहे। 

चितवन राइनोजका लागि रिजन ढकाल र सैफ जैबले १–१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। उनले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
 
पहिलो विकेट अर्जुन साउद बोल्ड भएपछि १ रन पनि नजोड्दै २ विकेट गुमाएको हो। अर्जुन साउद १ रनमा बोल्ड भए। दोस्रो विकेट डेविड मलानको गयो। उनले ५ रन बनाए। तेस्रो विकेट रवि बोपारा १ रनमा क्याच भए। सैफ जैबले १७ रन बनाए। 

कुशल मल्ल २३ रनमा क्याच भए। उनले अल्पेश रमजानीसँग छैटौँ विकेटको लागि ३९ रनको साझेदारी गरे। अल्पेश रमजानी ३३ र कमल सिंह ऐरी २ रनमा अविजित रहे। 

पोखरा एभेन्जर्सका लागि बलिङ तर्फ धनन्जय लक्सनले ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले १–१ विकेट लिए।

आजको खेलमा चितवनलाई पराजित गर्दै पोखराले अंक तालिकाको पाँचौं स्थानमा रहँदै यो सिजनको अन्त्य गरेको छ। पोखराले लिग चरणमा काठमान्डु गोर्खाजसँग १३ रन, सुदूरपश्चिम रोयल्ससँग १८ रन, लुम्बिनी लायन्ससँग ३ विकेट र विराटनगर किंग्ससँग ५३ रनको हार व्यहोरेको थियो। पोखराले कर्णाली याक्सविरुद्ध ३४ रन र  जनकपुर बोल्ट्ससँग २५ रनको जित निकालेको थियो। 

चितवनले सुदूरपश्चिम रोयल्ससँग ४९, काठमाण्डू गोर्खाजसँग ५३ रन, जनकपुर  बोल्ट्ससँग ६ विकेट र लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। त्यसैगरी, कर्णाली याक्सविरुद्ध चार र विराटनगर किंग्सविरुद्ध ४८ रनको जित निकालेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.