सुदूरपश्चिमको पावरप्लेमा मध्यम सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले मध्यम सुरुआत गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो पावरप्लेमा १ विकेटको क्षतिमा ४२ रन बनाएको छ।
सुदूरपश्चिमबाट हाल क्रिजमा रहेका सेल्डन ज्याक्सन ११ र विनोद भण्डारी क्रमशः २० रनमा खेलिरहेका छन्।
विराटनगरका मार्चेन्ट डी लांगेले एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस !