एमालेको निर्वाचन कार्यतालिका हेरफेर, ३:३० बजेसम्म उम्मेदवारी दिन पाइने

एमालेको निर्वाचन कार्यतालिका हेरफेर, ३:३० बजेसम्म उम्मेदवारी दिन पाइने

काठमाडौं : नेकपा एमालेको ११ औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि कार्यतालिका परिमार्जन भएको छ। केन्द्रीय निर्वाचन आयोगले सोमबार दिउँसो ३:३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय राखिएको हो।

प्रारम्भिक उम्मेदवारको नामावली ४ बजे सार्वजनिक गर्ने कार्यतालिका छ। उम्मेदवारी फिर्ता ५ बजेबाट ६ बजेसम्म निर्धारण गरिएको छ। एमालेले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयनका लागि फारम विवरण र दर्ता धमाधम भइरहेको छ। 

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १,उपमहासचिव ३,सचिव ९ सहित १९ पदाधिकारी बनाउने निर्णय केन्द्रीय समितिले गरेको र सोही प्रस्ताव बन्दसत्रको हलले सर्वसम्मत पारित गरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। उनका अनुसार पोलिटब्युरोको एकतिहाई स्थायी कमिटी, पोलिटब्युरो सदस्य ९९ जना र पदाधिकारीसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने गरी बन्दसत्र हलले पारित गरेको छ। संगठन विभाग सचिव ढुंगेलले यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको बताए। null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.