नवौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको तालिका सार्वजनिक
काठमाडौं : नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। नेपाल भलिबल संघको आयोजनामा शुक्रबारदेखि सुरु हुने च्याम्पियनसिपको तालिका सार्वजनिक भएको हो।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ। प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन्।
पुरुषतर्फ १२ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा टिपटप हेल्प नेपाल, नेपाल एपिएफ क्लब र मणिमुकुन्द भलिबल क्लब रहेको छ।
समूह ‘बी’ मा नेपाल समूहिस क्लब, ढोरपाटन क्लब र खिल्जी युवा क्लब रहेका छन्। समूह ‘सी’ मा रुकुम पश्चिम ट्रेनिङ सेन्टर, बुढानिलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन्।
समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र रहेका छन्।
महिला तर्फ ८ टोली रहेका छन्। यसमा २ वटा समूह रहेका छन्। समूह ‘ए’ मा एभरेष्ट भलिबल क्लब, त्रिभुवन आर्मी क्लब, चुली युवा क्लब र न्यू डाइमण्ड युथ स्पोर्टस क्लब रहेका छन्।
समूह ‘बी’ मा नेपाल समूहिस क्लब, सुदूरपश्चिम प्रदेश संघ, नेपाल एपीएफ क्लब र मधेश प्रदेश रहेका छन्।
यस प्रतियोगिताको पहिलो दिन ४ खेल हुनेछन्।
महिलातर्फ नेपाल समूहिस क्लब र सुदूरपश्चिम प्रदेश खेलकुदबिच पहिलो खेल हुनेछ। यो खेल बिहान ९ बजे दशरथ रंगशाला कभर्ड हलमा हुनेछ।
दोस्रो खेल महिला तर्फ एभ्रेष्ट महिला भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ। पुरुषतर्फ दिउँसो १ बजे नेपाल समूहिस क्लब र ढोरपाटन क्लबले पहिलो खेल खेल्नेछन्।
दोस्रो खेल टिपटप हेल्प नेपाल र एपिएफ क्लब बिच हुनेछ। यही खेललाई ओपनिङ खेलको रुपमा नेपाल भलिबल संघले राखेको छ। पुष ११ गतेबाट सुरु हुने यो खेल पुष १९ गते सकिनेछ।
प्रतिक्रिया दिनुहोस !