एमाले नवलपरासीले भगौती यादवलाई दिएको टिकट फिर्ता गरेर खरेललाई उम्मेदवार बनायो
परासी : नेकपा एमालेले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार फेरेको छ । यसअघि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवलाई दिइएको टिकट फिता गरेर खरेललाई उम्मेदवार बनाइएको हो ।
मनोनयन दर्ताको केही समय बाँकी रहँदा पार्टीले यादवलाई दिइएको टिकटलाई फिर्ता गरेर खरेललाई उम्मेदवार बनाएका हो । टिकट पाएका यादवले मनोनयनको दिन राजीनामा दिने बताएका थिए ।
यस निर्वाचन क्षेत्रबाट प्रमुख दलमध्येबाट नेपाली कांग्रेबाट देबेन्द्रराज कँडेल,नेकपाबाट देबेन्द्र पौडे,रास्वपाबाट नरेन्द्रकुमार गुप्ता,राप्रपाबाट धु्रवबहादुर प्रधान र जसपा नेपालबाट रामबच्चन यादव अहिर उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस !