सामाजिक सुरक्षा भत्ता चार हजार पुर्‍याएँ, सडक बालबालिका छैनन् : ओली

सामाजिक सुरक्षा भत्ता चार हजार पुर्‍याएँ, सडक बालबालिका छैनन् : ओली
सुन्नुहोस्

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा मासिक चार हजार पुर्‍याएको दावी गरेका छन् ।

घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले उनले टिप्प्णी गरे । उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च भइरहेको छ । ठूलो रकम त्यसमा खर्च भइरहेको छ, ज्येष्ठ नागरिक, एक महिला, अशक्त भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिइरहेका छन् ।’

उनले सडक बालबालिका अन्त्य गर्नका लागि आफ्नो सरकारले अभियान नै चलाएको बताएका छन् । पछाडि परेको समुदायलाई अगाडि बढाउने कार्यक्रम पनि आफूले गरिरहेको जिकिर गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.