सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङ : सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। राप्ती लोकमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–स्थित तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला नजिकै ग १ ज ५६६१ नम्बरको डबल क्याब बोलेरो जीप दुर्घटनामा पर्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे भने खुल्न सकेको छैन। मृतकको पहिचान तथा दुर्घटनासम्बन्धी अन्य थप विवरण आउन बाँकी रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !