इरानमा विद्यार्थीको उग्र प्रदर्शनपछि सरकारले चाल्यो यस्तो कदम

इरानमा विद्यार्थीको उग्र प्रदर्शनपछि सरकारले चाल्यो यस्तो कदम

तेहरान : इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ।

जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप बढेको देखिन्छ। कैयौँ स्थानमा सयौँ विद्यार्थीहरूले सरकार विरोधी चर्को नाराबाजी गरिरहेका छन्।

बीबीसीका अनुसार विद्यार्थीहरूले पूर्व क्राउन प्रिन्स रजा पहलवीको पक्षमा नारा लगाएको पाइएको छ। रजा पहलवीका पितालाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्ताच्युत गरिएको थियो। उल्लेखनीय छ कि जनवरीमा भएको प्रदर्शनको आह्वान पनि पहलवीले नै गरेका थिए।

इरानमा गत जनवरी ४ देखि नै विश्वविद्यालयहरू बन्द गरिएका थिए। सरकारले 'अत्यधिक चिसो' का कारण शिक्षण संस्था बन्द गरिएको बताए पनि आलोचकहरूले भने प्रदर्शन रोक्नका लागि यसो गरिएको दाबी गरेका थिए। तर, गत शनिबार विश्वविद्यालयहरू खुल्नेबित्तिकै विद्यार्थीहरूले पुनः आन्दोलनलाई तीव्रता दिएका छन्।

इरानी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शन थप फैलिन नदिन कम्तीमा तीनवटा प्रमुख विश्वविद्यालयका सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरिएको छ। आन्दोलनलाई दबाउन र विद्यार्थीहरूलाई संगठित हुन नदिन सरकारले यस्तो कदम चालेको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.