इजराइल र अमेरिकी हमलापछि जवाफी आक्रमणको तयारीमा इरान

इजराइल र अमेरिकी हमलापछि जवाफी आक्रमणको तयारीमा इरान
सुन्नुहोस्

तेहरान : इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त सैन्य आक्रमणपछि इरानले त्यसको कडा जवाफ दिने तयारी गरेकाे छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले 'प्रतिशोध' का लागि आफ्नो सैन्य संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्य सिएनएनले उल्लेख गरे अनुसार इरानले इजरायल विरुद्ध बदला लिन र ध्वंसात्मक जवाफ दिन तयारी गरिरहेको छ।

जसमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा छोटो दूरीका मिसाइल प्रहार गर्न सक्ने, इजरायलका सैन्य र नागरिक क्षेत्रहरूमा मिसाइल वर्षा गराउन सक्ने। त्यस्तै समुद्री सैन्य शक्ति पर्सियन खाडी र वरपरका क्षेत्रमा रहेका अमेरिकी युद्धपोतहरूमाथि इरानी मिसाइल, साना नौसैनिक डुङ्गा र पनडुब्बीहरूले खतरा पैदा गर्न सक्ने  इरानसँग विकल्पहरु रहेका छन् ।

यस्तै इरानसँग ड्रोन हमलाका लागि अत्याधुनिक ड्रोनहरूको ठुलो भण्डार छ, जसले अमेरिकी र इजरायली सुरक्षा संयन्त्रलाई चुनौती दिन सक्छ।

इरानले आफ्नो सार्वभौमसत्तामाथि आँच पुगेको भन्दै कुनै पनि बल प्रयोगको कडा जवाफ दिने प्रतिबद्धता जनाएको छ। यसले गर्दा खाडी क्षेत्रमा पूर्णकालीन युद्ध सुरु हुन सक्ने भन्दै विश्वभर चिन्ता व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.