एक विद्यालयमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको इरानी गभर्नरको दाबी
काठमाडौं : इरानको दक्षिणी क्षेत्र मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।
इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार अमेरिका-इजरायलद्वारा गरिएको भनिएको आक्रमणमा मिनाबको एक प्राथमिक तहको गर्ल्स स्कुलमा ज्यान गुमाउनेको संख्या बढेर ४० पुगेको हो।
यसअघि स्थानीय अधिकारीहरू तथा प्रान्तीय समाचार माध्यमहरूले मृतक संख्या २४ जना रहेको बताएका थिए। तर, पछिल्लो विवरणअनुसार मृतक संख्या उल्लेखनीय रूपमा बढेको जनाइएको छ। घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !