सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि

सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमद्वारा पुष्टि
सुन्नुहोस्

तेहरान : इरानमा करिब चार दशकदेखि शासन गरिरहेका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्। इरानी सरकारी प्रसारण संस्था IRIB ले आइतबार बिहान विशेष बुलेटिन जारी गर्दै 'सर्वोच्च नेताले शाहदत प्राप्त गर्नुभएको' घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार इरानमाथि गरिएको 'संयुक्त निर्णायक कारबाही' का क्रममा खामेनीको कम्पाउन्डमा भीषण बमबारी भएको र सोही क्रममा उनको मृत्यु भएको दाबी गरेका थिए। सुरुमा इरानले यसलाई पश्चिमाहरूको 'मनोवैज्ञानिक युद्ध' भन्दै खण्डन गरे तापनि अन्ततः सरकारी स्तरबाटै उनको मृत्युको खबर सार्वजनिक भएको सिएनएनले उल्लेख गरेकाेछ।

सन् १९८९ मा आयातोल्लाह खुमेनीको निधनपछि खामेनीले इरानको सर्वोच्च शक्तिको बागडोर सम्हालेका थिए। उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समय शासन गर्ने नेता हुन्। १९७९ को इस्लामिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका खामेनी क्रान्तिअघि ६ पटक पक्राउ परेका थिए।

तेस्रो राष्ट्रपतिका रूपमा इरान-इराक युद्धको नेतृत्व गर्दा नै उनको सम्बन्ध 'इस्लामिक रिभोलुसनरी गार्ड कोर' (IRGC) सँग बलियो भएको थियो। उनलाई पश्चिमी देशहरूका कट्टर विरोधी र 'हार्डलाइनर' नेता मानिन्थ्यो। उनको निधनसँगै मध्यपूर्वको राजनीतिमा नयाँ र अनिश्चित मोड आउने विश्लेषण गरिएको छ।

खामेनीको निधनपछि इरानमा ४० दिने शोकको घोषणा गरिएको छ भने सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। नयाँ नेता चयन नहुन्जेलसम्मका लागि उच्च परिषद्ले प्रशासनिक कार्य हेर्ने बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.