हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षामन्त्रीको पनि मृत्यु

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षामन्त्रीको पनि मृत्यु

काठमाडौं : इरानका प्रमुख सेनापति अब्दुलरहिम मौसावी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको पुष्टि भएको छ। अमेरिका र इजरायलको आक्रमणमा अन्य धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि मारिएको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बीबीसी फारसीका अनुसार ,इरानको संस्था 'द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोन्युमेन्ट्स एन्ड डिस्सेमिनेसन अफ सेक्रेड डिफेन्स भ्यालुज' ले मौसावीको मृत्युको पुष्टि गरेको छ। 'शनिबारको आक्रमणमा मौसावीसँगै रक्षामन्त्री अजिज नासिरजादेह,क्रान्तिकारी गार्ड्सका कमाण्डर मोहम्मद पाकपुर र सर्वोच्च रक्षा परिषद्का अध्यक्ष अली शामखानी पनि मारिएका छन्,' इरानी संगठनले आफ्नो विज्ञप्तिमा भनेको छ।

'रक्षा परिषद्को बैठकको क्रममा उनीहरू मारिएको र बाँकी पीडितहरूको नाम पछि सार्वनजिक गरिनेछ,'विज्ञप्तिमा भनिएको छ।

आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी निधन भएको छ। शनिबार अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी खामेनीसहित उनकी छोरी,ज्वाइँ र नातिको मृत्यु भएको इरानी राज्य सञ्चारमाध्यम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.