रोल्पामा १२ बजेबाट मतगणना
रोल्पा : रोल्पामा शुक्रबार बिहान १२ बजेबाट मतगणना गर्ने तयारी छ । सर्वदलीय बैठक सकिए लगत्तै मतगणना सुरु गर्ने जनाइएको छ । बिहान ४ बजेसम्म सबै मतपेटिका मतगणनास्थल सदरमुकाम लिबाङ ल्याइएको छ ।
मतगणना हलमा तारजाली लगाइ तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाका अनुसार दुर्गम भेगका मतपेटिका रातारात ल्याइएको हो । ८६ मतदानस्थल र १ सय ८२ मतदान केन्द्रका मतपेटिका गणनास्थल सदरमुकाम लिबाङको घरेलु तथा सान उद्योगको कार्यालयमा संकलन गरिएको छ।
रोल्पामा ४६.३९ प्रतिशत मत खसेको छ । कूल मतदाता मध्ये ६९ हजार ४ सय ८ मतदाताले मत खसाएका छन् । ३९ हजार १ सय १९ महिला र ३० हजार २ सय ८९ पुरुषले मतदान गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । जिल्लामा कुल मतदाता १ लाख ४९ हजार ५ सय ९७ हुन् । प्रायः पुरुष वैदेशिक रोजगारीमा गएकाले बढी महिलाको मत खसेको हो ।
मतपेटिकालाई सुरक्षित रुपमा सदरमुकाम ल्याईपुर्याउन उच्च सुरक्षा प्रबन्ध मिलाइएको थियो । सुरक्षा सतर्कताले शान्तिपूर्ण मतपेटिका सुरक्षित रुपमा ल्याउन सबै सुरक्षा प्रबन्ध मिलाएका थियौं,' प्रजिअ क्षेत्रीले भने । उच्च सुरक्षा संवेदनशील मतदान स्थल आसपासमा विशेष सुरक्षा गस्ती परिचालन गरिएको थियो।
सदरमुकामबाट २८ कोष टाढा रहेका जिनाबाङ,गाम र थबाङका मतपेटिका अबेर मात्र ल्याउन सकिएको छ ।
प्रतिक्रिया दिनुहोस !