कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहरा नौं हजार मतान्तरले अघि

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहरा नौं हजार मतान्तरले अघि

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा जारी प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहराले फराकिलो मतान्तर बनाएका छन् ।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोहराले १३ हजार ३०५ मत प्राप्त गरेका छन् । उनी कांग्रेसका एनपी साउद भन्दा ९ हजार २४१ मत अघि छन्। २५ हजार ७६० मत गणना हुँदा साउदले ४ हजार ६४ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । एमालेका उम्मेदवार बचनबहादुर सिंह ३ हजार १४५ मतसहित तेस्रो स्थानमा छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का माधवप्रसाद पन्तले २ हजार ४८४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व मन्त्री एनपी साउद र रास्वपाबीच कडा टक्कर हुने आकलन गरिए पनि रास्वपाका उम्मेदवार दोब्बर भन्दा बढी मतसहित अग्र स्थानमा छन् । यो क्षेत्रमा एक लाख ९ हजार ५७४ कुल मतदातामध्ये ६१ हजार ७४ मत खसेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.