मुगुमा एमालेका पूर्णबहादुर रोकायालाई पराजित गर्दै कांग्रेसका खड्ग शाही विजयी

मुगुमा एमालेका पूर्णबहादुर रोकायालाई पराजित गर्दै कांग्रेसका खड्ग शाही विजयी
सुन्नुहोस्

मुगु : नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही  विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई १ हजार १९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८  मत पाए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले  ५ हजार ५ सय ५८  मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन  टमटाले ५ सय ३० मत प्राप्त गरेका छन्। 

मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले  २ सय ३,  नेकपा माओवादीका उम्मेदवार रंग बिर परियारले  २८० पाए । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् ।   एक निर्वाचन  क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतदातामध्ये २२ हजार  ७१ मत खसेको थियो । जसमा ८ सय ४६ मत बदर भएका छ्न् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.