रामनवमीमा गजेन्द्रमोक्षनारायण-मुक्तिनाथ भव्य रथयात्रा हुने

रामनवमीमा गजेन्द्रमोक्षनारायण-मुक्तिनाथ भव्य रथयात्रा हुने
सुन्नुहोस्

नवलपुर : आगामी रामनवमीका अवसरमा गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीबाट मुक्तिनाथ मन्दिरसम्म धार्मिक रथयात्रा हुने भएको छ। गजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रा महोत्सवको तयारी तीव्र रूपमा भइरहेको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीका उत्तराधिकारी करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले बताए।

यही चैत ११ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यस धार्मिक यात्राले देशभरका श्रद्धालुहरूलाई आध्यात्मिक ऊर्जा प्रदान गर्ने विश्वास गरिएको प्रपन्नाचार्यको भनाइ छ। उनले भने , ‘यो रथयात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई सनातन धर्म, संस्कृति र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने अभियानका रूपमा लिइएको छ। भक्तजनहरूलाई सहभागिता जनाई पुण्य लाभ लिन आग्रह गर्छु।’

उनका अनुसार विभिन्न धार्मिक अनुष्ठान, भजन–कीर्तन तथा पूजाआजासहित यात्रा सञ्चालन हुनेछ। चैत ११ गते बिहान ७:१५ बजे त्रिवेणीधामबाट रथयात्रा सुरु हुने छ। यात्रा बुटवल, पाल्पा, रिडी, रेसुङ्गा, वामीटक्सार, हटिया हुँदै श्रीलक्ष्मीनारायण मन्दिरमा पुगेर पहिलो दिनको विश्राम गरिनेछ।

चैत १२ गते बिहान ७:३० बजे बागलुङबाट यात्रा पुनः सुरु भई पञ्चकोट, बेनी हुँदै जोमसोम–कागबेनी मार्ग पार गर्दै मुक्तिनाथ मन्दिरमा पुग्ने कार्यक्रम तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.