गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते

गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते
तस्बिर :रमेश बस्ताकोटी
सुन्नुहोस्

नवलपुर : नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. ९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रबक्ता डिएसपी अनिल पन्डितका अनुसार सोमबार  बिहान करिब ६:४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन्। 

घाइते हुनेहरूमा ट्रक चालक रामेछाप, ठाडादेवी–४ का इन्द्र गुरुङ रहेका छन् । उनको दुवै खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरी को भनाई छ । यसै गरि हात्तीगाडी चालक भरतपुर–१२, चितवनका दर्शन काप्रीको छातीमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।त्यस्तै बस चालक नेपालगञ्ज–२०, बाँकेका मोहनसिंह बलामी मगरको दुवै खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि ठक्कर दिने बसमा सवार  ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन्। उनीहरू उपचारका लागि आफैं अस्पतालतर्फ लागेकाले प्रहरीले विस्तृत विवरण संकलन गरिरहेको बताएको छ । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी टोलीले  दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट किनारा लगाएर अबरुद्द सडकलाई एकतर्फी  संचालनमा ल्याईएको प्रहरी प्रबक्ता  पन्डितले बताए ।
 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.