होर्मुज जलमार्ग बन्द रहे पनि इरानसँगको युद्ध रोक्न ट्रम्प तयार

होर्मुज जलमार्ग बन्द रहे पनि इरानसँगको युद्ध रोक्न ट्रम्प तयार
सुन्नुहोस्

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धि पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न आफू तयार रहेको संकेत दिएका छन्। वाल स्ट्रिट जर्नल (WSJ) का अनुसार, यो युद्धलाई आफ्नो निर्धारित समयसीमाभन्दा बाहिर जान नदिन ट्रम्पले यस्तो योजना बनाएका हुन्।

इरानको नौसेना र मिसाइल भण्डारमा ठूलो क्षति पुर्‍याइसकेको अवस्थामा, ट्रम्पले हालको सैन्य कारबाहीलाई टुङ्ग्याउन विचार गरिरहेको रिपोर्टमा उल्लेख छ। व्यापारिक मार्ग पुनः सुचारु गर्नका लागि भने उनले इरानमाथि कूटनीतिक दबाब जारी राख्ने बुझिएको छ।

यस विषयमा पेन्टागनले मंगलबार बिहान अर्थात् नेपाली समय अनुसार आज बेलुका विशेष प्रेस ब्रिफिङ गर्दैछ, जहाँ रक्षा सचिव पिट हेगसेथले थप जानकारी दिने अपेक्षा गरिएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त हवाई हमलायता मध्यपूर्वमा तनाव उत्कर्षमा छ। पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित कैयौँ शीर्ष अधिकारीहरू मारिएका थिए। त्यसयता भएका शृंखलाबद्ध आक्रमणमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता अली मोहम्मद नैनीको पनि मृत्यु भइसकेको छ।

मानवीय र भौतिक क्षतिको अवस्था

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्यांक छ। इरानको नौसेना र मिसाइल भण्डारमा पनि गम्भीर क्षति पुगेको छ। इरानको जवाफी आक्रमणका कारण इजरायल र अमेरिकी सैन्य आधार रहेका खाडी मुलुकहरूमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको रिपोर्टहरू प्राप्त भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.