कृषिमन्त्री पनि चिडियाखानामै !

कृषिमन्त्री पनि चिडियाखानामै !
सुन्नुहोस्

काठमाडौं : जेन–जी आन्दोलनमा भैंसेपाटीस्थित मन्त्रीनिवास खरानी भएपछि कृषि तथा पशुपन्छीका साथै वन तथा वातावरणमन्त्री गीता चौधरीको बास सदर चिडियाखानाभित्र छ। मन्त्री चौधरीलाई चिडियाखानाभित्रै कर्मचारीका लागि बस्ने क्वार्टरमा राखिएको छ। यसअघिका वनमन्त्री माधवप्रसाद चौलागाईंलाई चिडियाखानामा नै राखिएको थियो। 

अन्नपूर्ण पोस्ट्ले खबरदारी स्वरूप लगातार समाचार लेखेपछि पूर्वमन्त्री चौलागाईंले चिडियाखाना छोडेका थिए। त्यो पशुपन्छी चिडियाखानामा ओसारपसार गर्दा वा प्राविधिक र विशेषज्ञको आवश्यकता परे बस्न बनाइएको क्वार्टर हो। बाहिरबाट ल्याइएका जनावरहरू चेकजाँच गर्ने स्थान पनि हो त्यो। कृषि सचिव राजेन्द्रप्रसाद मिश्र र प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदीको पहलमा विवादास्पद स्थानमा मन्त्री चौधरीलाई राखिएको हो।

करिब दुईतिहाइको बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू बस्ने निवास नभएर विभिन्न स्थानमा राखिएको छ। त्यही क्रममा मन्त्री चौधरीलाई चिडियाखानामा राखिएको हो। ललितपुरको भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवास जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो। भैंसेपाटीका २७ वटा ब्लकमध्ये २६ वटा काम नै नलाग्ने गरी गत भदौ २४ गते आगजनी गरेर ध्वस्त बनाइएको छ। 

सदर चिडियाखाना नेपालको एकमात्र चिडियाखाना हो। यो ललितपुर जिल्लाको जावलाखेलमा अवस्थित छ। सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ। कोष पछिल्लो समय विवादमा रहँदै आएको छ।

कोषको अध्यक्ष र सदस्य सचिवको नियुक्ति विवादमा रहँदै आएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जाने बेला ‘विवाद’मा परेका प्रमुख स्वकीय सचिव आदर्शकुमार   श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेकी छिन्। 

वनमन्त्रीलाई नै अध्यक्ष बनाउने विगतको परम्परा तोड्दै कार्की आफ्नो स्वकीय सचिवलाई अध्यक्ष बनाएर गएकी हुन्।   श्रेष्ठभन्दा अघिका अध्यक्ष ऐनबहादुर शाही पनि विवादमा थिए। गत भदौ २४ मा मन्त्रीबाट हटेका शाही अवैध रूपमा   श्रेष्ठ आउनुभन्दा अघिसम्म अध्यक्ष रहँदै आएका थिए। अवैध अध्यक्षले नियुक्त गरेका सदस्य सचिव नरेश सुवेदी पनि हाल कार्यरत नै छन्। पूर्वअध्यक्ष शाही र सुवेदीले कोषमा मनपरी गर्दा त्यहाँ कार्यरत कर्मचारी पनि आतंकित रहँदै आएका छन्। मातहतका कर्मचारीलाई पूर्वअध्यक्ष शाही र सदस्यसचिव सुवेदीले जथाभावी सरुवा गर्ने, करार कर्मचारीसम्मलाई बढुवा गर्ने, जथाभावी ज्यालादारी कर्मचारी नियुक्ति गर्ने जस्ता कार्य गर्दै आएका छन्।

पुनः त्यही प्रकृतिले अध्यक्ष नियुक्त गरेको र पुनः मन्त्री पनि चिडियाखानामा उनै व्यक्ति राखेर विवादमा पारेको भन्दै कोषभित्र चर्चा हुन थालेको छ। मन्त्री चौधरी भने बुझ्दै नबुझी त्यो संवेदनशील स्थानमा बस्न जानुले दुईतिहाइ नजिकको बालेन सरकारमाथि पनि प्रश्न खडा भएको छ। मन्त्री बस्दा चिडियाखानामा रहेका वन्यजन्तुलाई असर पर्ने सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्। चौधरी चैत १३ गते शुक्रबार मन्त्री भएकी हुन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.