इरानको युरेनियम कब्जा गर्नु अमेरिकाका लागि किन हुन सक्छ खतरनाक ?
अमेरिका : अमेरिकी सैनिकहरूले आक्रमण गरेर इरानले सम्वद्र्धन गरिरहेको युरेनियम कब्जा गर्ने कुरा टाढाको कल्पना जस्तो लाग्न सक्छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्न यसबारे सोचिरहेको विभिन्न प्रतिवेदनहरुले देखाएका छन् ।
सैन्य विशेषज्ञहरू र पूर्व अमेरिकी रक्षा अधिकारीहरूका अनुसार यस्तो कारबाही अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण हुने बीबीसीले जनाएको छ । उनीहरूका अनुसार, यसका लागि जमिनमा सैनिकहरू तैनाथ गर्नुपर्नेछ । यसलाई पूरा गर्न केही दिनदेखि हप्तासम्म लाग्न सक्छ ।
यो विकल्प ट्रम्पले इरानमा गर्न सक्ने धेरै सैन्य कारबाहीहरूमध्ये एक हो । अन्य विकल्पहरूमा खार्ग टापु नियन्त्रण लिनु पनि पर्छ । ताकि इरानमाथि होर्मुज स्ट्रेट पुनः पूर्णरूपमा खोल्न दबाब दिन सकियोस् । ट्रम्प प्रशासनले नयाँ सैन्य अभियानको धम्की प्रयोग गरेर इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास पनि गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस !