दिवंगत इरानी जनरल सुलेमानीका आफन्तहरूलाई पक्राउ गरेको अमेरिकाको दावी

दिवंगत इरानी जनरल सुलेमानीका आफन्तहरूलाई पक्राउ गरेको अमेरिकाको दावी
सुन्नुहोस्

अमेरिका : अमेरिकाले दिवंगत इरानी जनरल कासिम सुलेमानीका आफन्तहरुलाई पक्राउ गरिएको दावी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका पूर्व कमाण्डर जनरल कासिम सुलेमानीकी भान्जी हमीदेह सुलेमानी अफशार र उनकी छोरीको वैध स्थायी बसोबास (ग्रीन कार्ड) विदेशमन्त्री मार्को रुबियोले खारेज गरेका छन् ।

तर, सुलेमानीकी छोरीले अमेरिकी दाबीलाई असत्य भन्दै पक्राउ परेका व्यक्तिहरूको आफ्नो बाबुसँग ‘कुनै पनि सम्बन्ध नभएको’ बताएकी छन् । सुलेमानी इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डरमध्ये एक थिए । उनी सन् २०२० मा इराकमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए । उक्त आक्रमण तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो ।

सामाजिक सञ्जालमा लेख्दै रुबियोले ती दुई महिला अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन (आइसीई) को हिरासतमा रहेको र उनीहरूलाई देशबाट निकाल्ने प्रक्रिया चलिरहेको बताएका छन् । अमेरिकी होमल्याण्ड सेक्युरिटी विभाग (डीएचएस) का अनुसार, सुलेमानी अफशार सन् २०१५ मा पर्यटक भिसामा अमेरिका प्रवेश गरेकी थिइन् ।

२०१९ मा शरण पाएकी थिइन् र २०२१ मा ग्रीन कार्ड प्राप्त गरेकी थिइन् । सन् २०२५ मा नागरिकता आवेदन दिँदा उनले ग्रीन कार्ड पाएपछि चार पटक इरान गएको खुलासा गरेकी थिइन् । डीएचएसका अनुसार, उनकी छोरी सरिनासादत होसेइनी पनि २०१५ मा विद्यार्थी भिसामा अमेरिका आएकी थिइन् । २०१९ मा शरण पाएकी थिइन् र २०२३ मा ग्रीन कार्ड पाएकी थिइन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.