इरानको शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको ग्यास स्टेशनमा हमला
तेहरान : इरानको राजधानी तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीमा रहेको एक ग्यास स्टेशनमा सोमबार बिहान भीषण हमला भएको छ। उक्त घटनाको आधिकारीक पुष्टि तेहरानको जिल्ला ९ का मेयरले गरेका हुन्।
हमलापछि सुरक्षा सतर्कता अपनाउँदै विश्वविद्यालय र त्यस वरपरका क्षेत्रहरूको ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।
विश्वविद्यालयका संरचनामा क्षति सञ्चार माध्यमहरूका अनुसार यस हमलाबाट विश्वविद्यालयका अन्य महत्त्वपूर्ण संरचनाहरूमा पनि क्षति पुगेको छ। विशेषगरी इन्फर्मेसन टेक्नोलोजी सेन्टर र विश्वविद्यालयको मस्जिद हमलाको चपेटामा परेका छन्।
बीबीसीका अनुसार सोमबार बिहान सार्वजनिक भएका तस्बिरहरूमा तेहरानको पश्चिमी भेगबाट बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ। बढ्दो तनाव र धम्की युद्ध सुरु भएदेखि इरानका शैक्षिक संस्थाहरू लगातार निसानामा परिरहेका छन्।
यसअघि'तेहरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी' र 'शाहिद बेहेश्ती युनिभर्सिटी' मा पनि हमला भइसकेका छन्। यो घटना यस्तो समयमा भएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा (डेडलाइन) मंगलबारसम्मका लागि बढाएका छन्। राष्ट्रपति ट्रम्पले मंगलबार इरानका पावर प्लान्ट र पुलहरू मा आक्रमण गर्ने चेतावनी समेत दिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !