इरानको चेतावनी : होर्मुज पार गर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइनेछ

इरानको चेतावनी : होर्मुज पार गर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइनेछ
फाइल फोटो
सुन्नुहोस्

इरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सको नौसेनाले होर्मुज जलडमरू मध्य बन्द गरिएको घोषणा गरेको छ । इरानले यस जलमार्गबाट पार गर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ । इरान–अमेरिकाको समझदारीमा नाटकीय परिवर्तन आएसँग इरानले  महत्वपूर्ण समुद्री मार्ग २४ घण्टा नबित्दै पुनः बन्द गरेको हो ।

इरानको स्टुडेन्ट न्युज एजेन्सीमार्फत जारी गरिएको वक्तव्यमा गार्ड कोप्र्स नौसेनाले अमेरिकाले इरानी जहाज र बन्दरगाहमाथि लगाएको नाकाबन्दी हटाएसम्म जलडमरू मध्य बन्द रहने बताएको छ । उक्त नाकाबन्दीलाई उसले अमेरिका–इजरायल युद्धमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ ।

‘हामी चेतावनी दिन्छौँ कि कुनै पनि जहाजले पर्सियन खाडी वा ओमान सागरबाट आफ्नो स्थानबाट अघि बढ्न हुँदैन । होर्मुज जलडमरू मध्य नजिकिनु शत्रुसँग सहकार्य मानिनेछ र त्यस्तो जहाजलाई निशाना बनाइनेछ’, वक्तव्यमा भनिएको छ ।

इरानका संसद् सभामुख तथा अमेरिका–तेहरान वार्ताका वरिष्ठ वार्ताकार मोहम्मद बाघेर गालिबाफले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘होर्मुज जलडमरू मध्य इस्लामिक गणतन्त्र इरानको नियन्त्रणमा छ ।’ उनले थपे, ‘अमेरिकाले केही दिनदेखि नाकाबन्दी घोषणा गरिरहेको छ । यो एक अपरिपक्व र अज्ञानपूर्ण निर्णय हो ।’

यो पुनः नियन्त्रणको घोषणा केही घण्टामै आएको हो, जब इरानले इजरायल–लेबनानबीचको १० दिने युद्धविराम अनुसार जलडमरू मध्य अस्थायी रूपमा खोलेको थियो । इरानका विदेश मन्त्री अब्बास अराघचीले शुक्रबार ‘सबै व्यापारिक जहाजका लागि मार्ग पूर्ण रूपमा खुला छ’ भनेपछि विश्व बजारमा तेलको मूल्य घटेको थियो ।

एक दर्जनभन्दा बढी व्यापारिक जहाजहरूले जलमार्ग पार गरिसकेपछि गार्ड कोप्र्सले आफ्नो निर्णय उल्ट्याएको हो । बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेशन्स का अनुसार शनिबार इरानी गनबोटहरूले दुईवटा व्यापारिक जहाजमाथि गोली चलाएका थिए । भारतको परराष्ट्र मन्त्रालयले पनि दुई भारतीय झण्डा भएका जहाजहरू उक्त ‘गोलीकाण्ड’ मा परेको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.