वर्षाले बीपी राजमार्ग बन्द, मंगलटारमा रोकिए गाडी

वर्षाले बीपी राजमार्ग बन्द, मंगलटारमा रोकिए गाडी
सुन्नुहोस्

काभ्रे : भारी बर्षा र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै बीपी राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ । प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

बनेपामा भारी वर्षा भएपछि गाडीहरुलाई रोशीको इलाका प्रहरी कार्यालय मंगलटारमा रोकिएको (होल्ड) छ । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनील धाजूका अनुसार मौसममा सुधार आई सडक मार्ग सुरक्षित बनेपछि मात्र पुनः सवारी सञ्चालनका लागि अनुमति दिइने छ ।

सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना जारी गरी जानकारी दिने बताइएको छ । प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नु परेमा १०० वा १०३ नम्बरमा सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । राजमार्ग बन्द भएसँगै पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई खुरकोट क्षेत्रमा रोकिन लगाइएको छ भने काठमाडौंबाट पूर्वतर्फ जाने सवारी साधनलाई धुलिखेल समेतमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.