दुई दिनपछि खुल्यो बीपी राजमार्ग

दुई दिनपछि खुल्यो बीपी राजमार्ग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काभ्रे : वर्षाका कारण दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालय भक्तपुरको कर्मचारी चन्द्रबहादुर लामाले बीपी राजमार्ग रोशि गाउँपालिकास्थित सडक खण्डको ५ स्थानमा ड्राइभर्सन निर्माण भएको बताए । 

रोशि गाउँपालिका खण्डको घुमाउने,चौकिडाँडा,चारसय बेसि,चिउरिबास र बोक्सिकुनामा अस्थायी बाटो निर्माण सकेपछि सड़क खुलेको लामाले बताए । अस्थायी ड्रैभर्सन निर्माण सकेर बीपी राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी काभ्रे प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए । 

राजमार्ग खुलाउनको लागि सडक डिभिजन, स्थानीय सरकार मिलेर सड़क खुलाउने काम भएको प्रहरी निरीक्षक धाजुले बताए । दुईदिन परेको पानीले रोशि खोला बढेपछि पूर्वबाट धुलिखेल तर्क आउने सवरी खुर्कोटमा होल्ड गरेको थियो । 

बीपी बन्द भएपछि पुष्पलाल मार्ग रामेछाप,दोलखाहुँदै काठमाडौं जाने सवारी साधन लामो दुरी पार्न गर्न बाध्य थिए । गत वर्षको बाढीले राजमार्ग पूर्ण क्षति पुगेपछि हाल सामन्य वर्षा भएसँगै राजमार्ग बन्द भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.