काठमाडौंबाट काभ्रेको ‘होल्डिङ सेन्टर’ पुर्‍याइएका सुकुम्बासी सकसमा

काठमाडौंबाट काभ्रेको ‘होल्डिङ सेन्टर’ पुर्‍याइएका सुकुम्बासी सकसमा
सुन्नुहोस्

काठमाडौं : काठमाडौंका विभिन्न स्थानबाट स्थानान्तरण गरिएका सुकुम्बासी परिवारहरू काभ्रेको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्र बुडोल (होल्डिङ सेन्टर) मा राखिएपछि उनीहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन् ।

nullकाठमाडौंको गैरीगाउँ, थापाथली, मनोहरालगायत क्षेत्रबाट ल्याइएका करिब ११० जना सुकुम्बासी हाल उक्त तालिम केन्द्रमा बस्दै आएका छन् । उनीहरूमध्ये १० दिनको शिशुदेखि ८२ वर्षसम्मका वृद्धवृद्धा रहेका छन् भने विद्यालय जाने उमेरका १४ जनासहित जम्मा २६ जना बालबालिका रहेको जनाइएको छ । एक जना अटिजम र एक जना दृष्टिहीन छन् । बालबालिकाको पढाइ प्रभावित भएको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्। ‘स्कुल छुटिरहेको छ, कहाँ पढ्ने भन्ने अन्योल छ तर यसबारे कुनै सुनुवाइ भएको छैन’, आयुशा लामाले भनिन् ।

nullत्यस्तै, धेरै परिवारका सदस्यहरू काठमाडौंमै दैनिक ज्यालादारी तथा अन्य काममा निर्भर रहेकाले यहाँ बसाइँसराइपछि रोजगारीमा समेत समस्या परेको उनीहरूको गुनासो छ । ‘कामका लागि काठमाडौं आउजाउ गर्न निकै कठिन भइरहेको छ’, रमेश राना मगरले भने । तालिम केन्द्रमा बसोबासको उचित व्यवस्थापन नभएको सुकुम्बासीहरूको भनाइ छ । एकसरो त्रिपालको भरमा रात बिताउनु परेको, सुत्ने स्थान साँघुरो भएको तथा आवश्यक आधारभूत सुविधा अभाव रहेको उनीहरूले बताएका छन् ।

nullनेपाल रेडक्रस सोसाइटी केन्द्रकी उपनिर्देशक रस्मी श्रेष्ठका अनुसार उनीहरूलाई अस्थायी रूपमा १५ दिनका लागि मात्र तालिम केन्द्रमा राखिएको हो। ‘बसोबास गरिरहेको स्थानबाट अचानक अन्यत्र सार्नुपर्दा धेरै समस्या देखिएको छ’, उनले भनिन् । तालिम केन्द्रको क्षमता भन्दा धेरै मानिस राख्नुपरेकाले व्यवस्थापनमा थप चुनौती सिर्जना भएको रेडक्रसले जनाएको छ । सुकुमबासी परिवारहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षित बसोबास तथा रोजगारीको सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.