बसको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको खुल्यो पहिचान

बसको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको खुल्यो पहिचान
सुन्नुहोस्

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। उनी रौतहटकै  चन्द्रपुर नगरपालिका—१ पौराई निवासी  २६ बर्षीय शेख गुलाम रहेको प्रहरीले जनाएको छ ।

गुलामको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो । राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकल सवार गुलामलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट सहायक प्रहरी नायव निरीक्षक रामकुमार अधिकारीको कमाण्डमा ९ जना र जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिक प्रमुख राजेन्द्र थापा मगरको कमाण्डमा १० जनाको टोलीले उद्धार गरेको थियो ।  

चन्द्रपुर नगरपालिका जुडिबेलास्थित पूर्व पश्चिम लोकमार्गको पूर्वी लच्का नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए । दुबै सवारी र बस चालक जिल्ला मकवानपुर गढी गाउँपालिका–३ बस्ने अन्दाजी बर्ष ५९ को लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिई ईप्रका चपुरमा र मोटरसाइकल चालकको शव सरकारी अस्पताल चन्द्रनिगाहपुरमा राखिएको राईले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.