जेनजी आन्दोलन : रबरको गोली चलाउने आदेश, तर कसरी चल्यो धातुको गोली ?

तोडफोड गर्ने भन्दा सर्वसाधरणलाई बढी गोली लागेको निष्कर्ष

जेनजी आन्दोलन : रबरको गोली चलाउने आदेश, तर कसरी चल्यो धातुको गोली ?
फाइल फोटो

काठमाडौं : गत भदौं २३ र २४ को जेनजी आन्दोलनमा निषेधित क्षेत्रमा आदेश विपरीत गोली चलेको पाइएको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनमा आन्दोलनका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले रबरमा गोली मात्र चलाउन आदेश दिएको बयानमा बताए पनि धातुको गोली चलेको पाइएको उल्लेख छ ।

भदौ २३ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शन नियन्त्रणका क्रममा भएको घटनाबारे छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगको अनुसन्धान टोलीका अनुसार उक्त घटनामा ४२ जनाको मृत्यु भएको देखिएको छ । मृतकमध्ये १९ जनाको घटनास्थलमै मृत्यु भएको र थप २३ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

फोरेन्सिक र ब्यालिस्टिक रिपोर्टअनुसार धेरैजसोको मृत्यु ५.५ एमएम र ७.७ एमएमको गोली टाउको, घाँटी र छाती जस्ता संवेदनशील भागमा लागेर भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । एक जनाको मृत्यु भने रबर बुलेटका कारण भएको पाइएको छ । तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आयोग समक्ष बयान दिँदै आफूले ‘लाइभ फायरिङ’ (सिधै गोली चलाउने) आदेश नदिएको दाबी गरेका छन् ।

उनका अनुसार प्रहरी प्रमुखमार्फत घुँडामुनि लाग्ने गरी रबर बुलेट प्रयोग गर्ने मात्र निर्देशन दिइएको थियो । तर अनुसन्धान प्रतिवेदनमा प्रदर्शनकारीसँग लाठी, ढुंगा र पेट्रोल बम जस्ता घरेलु हतियार भए पनि सुरक्षा फौजले एसएलआर र इन्सास जस्ता युद्धस्तरका हतियार प्रयोग गरेको उल्लेख छ । साथै, सीसीटिभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा संसद् भवनमा तोडफोड गर्नेहरू भन्दा बाहिर सडकमा रहेका सर्वसाधारणलाई गोली लागेको देखिएको निष्कर्ष निकालिएको छ ।

आयोगले ‘समानुपातिक बल प्रयोग’ को सिद्धान्तअनुसार पनि सुरक्षा निकायको कारबाही उचित नभएको ठहर गरेको छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार उक्त बल प्रयोगलाई उचित मान्न नसकिने उल्लेख छ । त्यस्तै  तत्कालीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका तर्कका आधारमा मात्र उनीहरूलाई मानव अधिकार संरक्षणको दायित्वबाट उन्मुक्ति दिन नसकिने आयोगको निष्कर्ष छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.