झापामा हराइरहेका थेगिमको भेटिने बितिक्कै मृत्यु

झापामा हराइरहेका थेगिमको भेटिने बितिक्कै मृत्यु
सुन्नुहोस्

झापा : झापामा घरबाट हराइरहेका एक पुरूष मृत्यु भएको छ। बिर्तामोडमा सडक छेउमा लडिरहेको अवस्थामा फेला परेका इलाम फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिमको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थेगिम जेठ १५ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । परिवारजनले खोजतलास गरिरहेका बेला शनिबार राति करिब ८ ४५ बजे बिर्तामोड–३ आदर्शचोकस्थित सडकछेउमा उनी लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । उनको चिउँडोमा सामान्य चोटपटक लागेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले थेगिमको उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा राति करिब साढे ९ मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाएको जनाएको छ । प्रहरीका अनुसार मृतकले अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.